कर्सो नेपालद्वारा संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान

आश्विन ३ सुपादेउराली अनलाइन बुटवल । कर्सो नेपालको आयोजानमा संविधान दिवस, विजया दशमी, दिपावली तथा छठ पर्व २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

बुटवल १३ वेलवासमा रहेको अर्घाखाँची पार्टी प्यालेसन प्रालिमा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ राजनीतिक तथा समाजसेवी पुरुशोत्तमा बस्याल, जितेश्वरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या.हेम बहादुर राना, समाजसेवी जिवलाल पन्थी, नयाँ गाउँ खानपानी उपभोक्ता समितिका अध्यक्ष रमा केसी, न्यू भिजन फाउण्डेसनका अध्यक्ष विष्णु प्रसाद भुषाल, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सह-कोषााध्यक्ष डिल्लीशर्मा आचार्य, लायन्स क्लव बुटवल बेलबास सिटीका अध्यक्ष गोविन्द खनाल, एकल महिला वडा १३ का अध्यक्ष सिता आचार्य, रिता केसी लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाले गरेका कार्यकाे प्रशंसा गर्दै संस्थाले आगामी दिनमा सामाजिक कार्यमा थप टेवा पुर्याउन सकोस् भनी शुभकामना दिनुभएको थियाे।

कार्यक्रम कर्सो नेपालका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षता, उपाध्यक्ष शिवलाल उपाध्यायको स्वागत तथा सह सचिव सञ्जय लम्सालको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार