न्यायीक हिसाबले म नै एमाले अर्घाखाँचीको अध्यक्ष : प्रेम गैरे

अर्घाखाँची- नेकपा एमाले जिल्ला उपसचिव तथा युवा नेता प्रेमनारायण गैरेले यही पुस २३ गते हुने अठौं एमालेको जिल्ला अधिवेशनमा न्यायीक हिसाबले आफु जिल्ला अध्यक्ष हुनुपर्ने बताएका छन् । भूमिकास्थान नुवाकोटमा जन्मिएका गैरे एमालेभित्र लोकप्रिय प्रभावशाली युवा नेताको रुपमा परिचित छन् ।

विद्यार्थी राजनीति देखि सक्रिय गैरे एमाले पाटी काममा कटिबद्ध नेता हुन । एमालेका हरेक अन्तरिक चुनावमा सर्वाधिक मत ल्याएका गैरे गणतन्त्र देखि परिवर्तित आन्दोलनमा पटकपटक गिरफ्तार र ३ महिना जेल जीवन बिताएका नेता हुन ।

एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी मध्ये अध्यक्ष चेतनारायण आचार्य पाटीको केन्द्रीय सदस्य, उपाध्यक्ष जीवनारायण कोइराला प्रदेश कमिटीमा र सचिव रामबहादुर चौहानले एमाले पाटी नै छाडिसकेकाले ९ वर्षदेखि उपसचिव पदमा बसेर निरन्तर पाटी काममा लागेकाले आफ्नो नाममै जिल्ला अध्यक्षमा सहमति गर्नु न्यायीक हुने गैरेले बताए ।

‘न्यायीक हिसाबले अध्यक्ष पदमा मलाई नै अघि सार्नुपर्छ,’ गैरेले भने, ‘भावनात्मक एकता सहित पाटीमा सहमतिको वातावरण बन्छ भने म सहमतिको बाधक बन्दैन । उपाध्यक्ष, सचिव भएर पनि पाटी काम गर्न सकिन्छ, चुनाव नै लड्नुपर्ने अवस्था आएमा पाटी निर्माणमा पाटी कार्यकर्ताको सम्प्रभूता स्थापित गर्न मेरो अध्यक्षमै हुनसक्छ ।’

गैरे एमालेको ७ औं जिल्ला अधिवेशनमा पदाधिकारीमा सर्बाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका युवा नेता हुन । गैरेले नेकपा गठनसगै नेतृत्वले विधि मिच्न खाजेपछि पाटीलाई विधि पद्धतिमा नै चलाउनुपर्छ भनेर खरो रुपमा नेतृत्वको आलोचना गर्दै आएका थिए ।

आयोजक कमिटी विघटन गर्नुपर्ने, अधिवेशनबाट निर्वाचित सबैलाई कमिटीमा समावेश गर्नुपर्ने, पाटी कमिटी २०७५ जेठ २ मा फर्कनुपर्ने जस्ता उनले विगतमा उठाएका कुराहरु अहिले पाटीले अनुशरण गरिसकेको छ । त्यसैले उनले पाटीमा आफ्नो कुनै विमती नभएको प्रष्ट पारिसकेका छन् ।

‘हामीले वडा र पालिका अधिवेशनमा सबै मौजुदा कमिटीको नेतृत्वलाई प्राथमिकता दिएर सर्बसम्बत नेतृत्व निर्माण गरेर आएका छौ । जिल्लामा पनि एउटा मापदण्ड बनाएर सर्बसम्बत रुपमा नेतृत्व निर्माण गरेर जान सकियो भने पार्टी बलियो र सबल अनि सक्षम बन्ने छ । यस्ले पार्टीना भावनात्मक एकता स्थापित गर्छ र आगामी सबै निर्वाचनमा एमालेको पक्षमा बहुमत प्राप्त गर्न सकिने छ,’ गैरेले भने ।

एमालेको आठौं र नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरेर विजय भएका थिए । दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनोटका लागि निर्वाचन नहुने भएपछि गैरेले नवौ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिमा पराजित भएका खगेश्वर पन्थीलाई प्रतिनिधि पठाउन समर्थन गरेका थिए ।

गैरे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष, अञ्चल उपाध्यक्ष, केन्द्रीय सदस्य, पाणिनि बहुमुखी क्याम्पस स्ववियू सभापति भैसकेका छन् ।

‘एमालेको संगठनलाई अझै सशक्त, गतिशिल र जनताको भरोसाको पाटी निर्माण गर्न अहोरात्र खटिन्छु,’ गैरेले भने, ‘तीनै तहको निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुने, पाटीलाई विधि, पद्धतीमा लगेर सशक्त संगठन निर्मँण गर्दै अर्घाखाँचीमा अब्बल एमाले, गाउँटोललाई एमालेमय बनाएर कसैले भत्काउन नसक्ने गरी अर्घाखाँचीलाई एमालेको लालकिल्लाको रुपमा विकास गर्छु । एमाले बलियो पाटी निर्माण र जनताको विकास निर्माणको कामलाई नै प्रमुख प्राथमिकता दिएर युवालाई अवसर, अग्रजलाई सम्मान गर्दै काम गर्ने गैरेले बताए ।’

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार