
बुटवल । बुटवलमा रहेको स्काेलर्स हाेम माध्यमिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ।
कक्षा १२ मा अध्ययनरत मनिष पाण्डेको अध्यक्षतामा बुटवल उपमहानगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, राष्ट्रिय परीक्षा बाेर्ड लुम्बिनी प्रदेश अधिकृत बाबुराम भण्डारी र लुम्बिनी बाैद्ध विश्वविद्यालयका डिन उकेशराज भुजु लगायतको उपस्थितिमा विद्यालयले शनिबार विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी उच्च शैक्षिक गुणस्तरियता र जीवन उपयोगिसीपका बारेमा अभिमुखिकरण गरेको हो।
कार्यक्रममा बोल्ने वक्ताहरूले उच्च शिक्षाका लागि अग्रसर कक्षा ११ का विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिदै विद्यार्थीको यो समय जिज्ञासु र जुजारु समय भएकाले असल कृयाकलाप सिकाइमा ध्यान दिन जरुरी रहेको बताउनुभयाे।
विद्यालयका शिक्षक राजु भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले स्वागत तथा कार्यक्रमकाे उदेश्य बारे जानकारी दिनुभएको थियो।
साथै कार्यक्रममा पूर्व विद्यार्थी इन्जिनियर
सृजना पछाई, सि.ए महेश घिमिरे, बिसिए टपर शिशिर नेपाली लगायतका विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो।