राेटरी क्लब अफ बुटवल डाउनटाउनद्वारा भुमिकास्थान-३ को थारपाइलामा नि:शुल्क स्वास्थ शिविर सञ्चालन गर्ने

टेकराज भुसाल
सुपादेउराली अनलाइन अर्घाखाँची । भुमिकास्थान-३ काे थारपाइलामा नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने भएको छ।

राेटरी क्लब अफ बुटवल डाउनटाउनकाे आयोजना तथा राष्ट्रिय युवा परिषद् युवा तथा खेलकुद मन्त्रालय, भुमिकास्थान नगरपालिका वार्ड नम्वर ३ र काठमाडौ हेल्थ केयर बुटवलको सहयोगमा फागुन १५ गते भुमिकास्थान-३ काे थारपाइलामा बृहत् नि: शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने संस्थाका अध्यक्ष पन्कज ज्ञवालीले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य शिविरमा ३०० भन्दा बढिकाे नि:शुल्क स्वास्थ परिक्षण हुने राेटरी क्लब अफ बुटवल डाउनटाउनका संयाेजक बाबुराम बन्जाडेले जानकारी दिनु भयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार