राजमोका सक्रिय सदस्य खनालको ८५ वर्षको उमेरमा निधन

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ आम्बाेट निवासी राष्ट्रिय जनमाेर्चाका सक्रिय सदस्य दुर्गाप्रसाद खनालको बह्गमारे आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

शुक्रबार बिहान ८५ वर्षको उमेरमा निधन भएकाे खनालको पार्थिव शरीरमा राष्ट्रिय जनमाेर्चाका नेता तथा अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय संयाेजक पृथ्वी थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

नेता थापाले खनालको निधन प्रति गहिरो दुुःख व्यक्त गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र आफूूहरुले भद्र, शालीन, बौद्धिक अभिभावक गुमाउनु परेको बताउनुभयो ।

बह्गमारे आर्यघाटमा गरिएको अन्त्येष्टिमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न अखिल नेपाल शिक्षक संघका प्रतिनिधि रामप्रसाद खनाल, अखिल (छैठौं) नेता टेकराज भुसाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार