भुमिकास्थान-२ द्वारा स्वास्थ्य स्वयंसेविकाहरुलाई दराज वितरण

असार ३१ अर्घाखाँची ।     जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर २ ले महिला स्वास्थ स्वयंसेविकाहरुलाई दराज वितरण गरेको छ। 

शुक्रबार एक कार्यक्रमका बिच महिला स्वास्थ स्वयंसेविकाहरुकाे संस्थागत सुदृढीकरणका लागि आ.व. २०७८/०७९ बाट वडा भित्र रहेका १३ जना महिला स्वास्थ स्वयंसेविकाहरुलाई दराज वितरण गरेको हो । 

भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष बुद्धि बहादुर थापा, कार्यपालिका सदस्य केशरा परियार, वडा सदस्य नारायणप्रसाद खनाल, द्राेण बेल्वासे, वडा सचिव प्रकाश नेपाली पुर्व वडा सदस्यहरु तेजीराम भुसाल, ओमप्रकाश खनाल लगायतले महिला स्वास्थ स्वयंसेविकाहरुलाई दराज वितरण गरेका हुन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार