
बिन बहादुर रेग्मी
यो बिषयलाई दलित माथिको ऊत्पिडन भनेर जबर्जस्ती घसिटिएको छ भन्ने मलाई लाग्छ। हो मान्छे मरे दुखद कुरा हो त्यो घटनामा संलग्न दोषिले सजाए पाऊनुपर्छ त्यसमा दुई मत छैन।दलित भकै कारणले घटना घटेको भन्न मिल्छ कि मिल्दैन ? यो एऊटा गहन छलफलको बिषय हो जस्तो लाग्छ। घटना लाई विशुद्ध घटनाको कोणबाट हेर्न किन मिल्दैन?मानवता विरूद्धको जघन्य अपराध हो भन्नेहरूको मतलाई किन नमान्ने? एक गाऊले अर्को गाऊमा गुण्डासैलीमा केटी ऊठाऊन जाने हुल बाधेर,त्यो ता गाऊ माथिको धावा भयो। कोरोना लकडाऊनको बेला कर्फ्यू ऊलंघन पनि छ। बदलामा फुलको माला र अविरले स्वागत हुदैनथ्यो भएन पनि। परिणाम त्यो आऊने नै थियो।केटा ठकुरी या मगर नै भए पनि गाऊलेलाई त्यो स्वीकार्य हुदैनथ्यो।दलित शब्द संयोग मात्र हो।दलित माथि जातकै आधारमा भन्नको लागी ता ति ठकुरीहरू त्यस्तै गुण्डा सैलीमा केटामा गाऊमा घुसेको हुनुपर्थ्यो।यहा ता ठिक ऊल्टो छ केटा हुल बाधेर लकडाऊनको बेलामा दिऊसै केटीको गाऊमा धावा बोल्न आएको छ।म त भन्छु,दलित संगठन मानवअधिकार कर्मिले यो घटनामा दलित हिंसा शब्द नभिरेकै जाति।